प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध गत मंगलबार सर्वोच्चमा रिट दायर भएको थियो। उक्त रिट श्रेष्ठको इजलासमा तोकिएको हाे।

२०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा उनले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनकाे साे अभिव्यक्तिविरुद्ध सर्वोच्चमा रिट परेकाे थियाे। 

प्रकाशित मिति: : 2023-03-09 11:10:00

प्रतिकृया दिनुहोस्