प्रधानमन्त्री प्रचण्डविरुद्धकाे रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्धको परेकाे रिट मंगलबार सर्वोच्च प्रशासनले दर्ता गरेको हो। रिट निवेदनमाथि बिहीबारका लागि पेसी तोकिएको छ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। साेही अभिव्यक्तिका विषयलाई लिएर रिट दर्ता भएको हाे।

प्रकाशित मिति: : 2023-03-07 12:48:00

प्रतिकृया दिनुहोस्