प्रमुख दलहरूको दुई तिहाइ भन्दा बढी मतले प्रदेश १ को नाम कोशी राखेको भोलिपल्ट गत बिहीवार खुसीयाली मनाउन प्रदेशमा सार्वजनिक बिदा दिइयो।
तर ठूलो सङ्ख्या र समूह त्यस निर्णयबाट असन्तुष्ट छ।
प्रदेश सरकारको नेतृत्व गर्दै आएको एमालेले कोशी प्रदेश नाम राख्न गरेको प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेस सहित माओवादी केन्द्रले पनि समर्थन जनाएपछि नामकरणमा दुई तिहाइ बहुमत जुट्यो।