के भएको थियो नेपाल एयरलाइन्सको क्वालालम्पुर–काठमाडौँ उडानमा ?

रातोपाटी

प्रयास श्रेष्ठ

सात महिनाअघि (१२ साउन २०७९ मा), मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौँ उडानका क्रममा रहेको नेपाल वायुसेवा निगमको आरए–४१६ जहाजका पाइलटले क्याबिन क्रु मेम्बर (विमान परिचारिका)माथि अभद्र व्यवहार गरेको घटना यतिखेर चर्चामा छ । 

यस सम्बन्धमा शुक्रबार नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गरेसँगै घटना बाहिरिएको हो । प्राधिकरणले चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक किसिमले दुर्व्यवहार गरेको विषयमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विमानमा सवार सम्पूर्ण सक्रिय चालक दलका सदस्यलाई तत्काल उडानमा प्रतिबन्ध लगाई कारबाही अगाडि बढाउन निगमलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति: : 2023-02-28 11:02:00

प्रतिकृया दिनुहोस्