नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न अस्वीकार गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई गरेको प्रस्तावको जवाफ दिँदै निर्वाचनमा सघाउन अस्वीकार गरेको हो।
ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर राष्ट्रपति निर्वाचनमा सघाउन पत्र पठाएका थिए।