भेरी–बबई डाइभर्सनमा ५९ प्रतिशत भौतिक प्रगति, दुई वर्षमा काम सम्पन्न हुने

उकेरा

सुर्खेत

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति गरेको छ। आर्थिक वर्ष २०७१/०७२ बाट निर्माण कार्य सुरु भएको आयोजनामा नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरिएको थियो।

आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमीनमा १२ महिना नै सिँचाइ सुविधा उपलब्ध गराउने, ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित मिति: : 2023-02-25 13:49:00

प्रतिकृया दिनुहोस्