राप्रपा सरकारबाट बाहिरियाे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवम् आकस्मिक बैठकले सरकारबाट बाहिने निर्णय गरेकाे हाे।

‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ। परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ राप्रपाले विज्ञप्तिमा भनेकाे छ।

राप्रपा गत माघ ३ गते सरकारमा सहभागी भएकाे थियाे।  

विज्ञप्ति:

प्रकाशित मिति: : 2023-02-25 10:25:00

प्रतिकृया दिनुहोस्