पुरानो गठबन्धन ब्युँतिने भएपछि जुर्मुरायो जनमोर्चा, बालुवाटार जाँदै चित्रबहादुर केसी

पुरानाे गठबन्धन ब्युँत्याउने र राष्ट्रपतिकाे उम्मेदवार टुङ्याउने गरी प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटरमा जारी बैठकमा राष्ट्रिय जनमाेर्चा पनि सहभागी हुँदैछ।

बालुवाटार केहीबेर अघि सुरु भएकाे बैठकमा सहभागी हुन संघीय सांसद तथा पार्टी अध्यक्ष चित्रबहादुर केसी बालुवाटारतर्फ प्रस्थान गरेकाे पार्टी उपध्यक्ष दुर्गा पाैडेलले जानकारी दिइन्।

‘पुरानाे गठबन्धन ब्युँताउने भनेपछि हाम्राे पार्टी पनि बालुवाटार बैठकमा सहभागी हुँदैछ। बैठककाे लागि अध्यक्षज्यू बालुवाटार हिँड्नु भएकाे छ,’ उपाध्यक्ष पाैडेलले बिएल नेपाली सेवासँग भनिन्,‘बैठकमा सहभागी हुन्छाैँ, राष्ट्रपतिबारे र गठबन्धनबारे पछि निर्णय गर्छाैँ।’

यही फागुन २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा पुरानाे गठबन्धन ब्युँताएर सहभागी हुने भन्दै नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका नेताहरु छलफलमा जुटेका छन्।

यसअघि शुक्रबार बिहान पनि चार दलीय बैठक बसेकाे थियाे।

प्रकाशित मिति: : 2023-02-24 18:17:00

प्रतिकृया दिनुहोस्