बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी

File Photo
File Photo

राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बसिरहेकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुरानो गठबन्धनका शीर्ष नेताहरूकाे बैठक केहीबेरअघि सुरू भएकाे हाे।

उनीहरूबीच राष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएकाे छ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पाैडेल, पूर्ण घर्ती, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता घनश्याम भुसाललगायतका नेताहरु सहभागी छन्। 

प्रकाशित मिति: : 2023-02-24 17:53:00

प्रतिकृया दिनुहोस्