प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान दुई नेताबीच भेटवार्ता भएको हाे। भेटवार्तामा उनीहरूबीच समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ। प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका पनि हालसम्म दलहरूबीच सहमति जुट्न सकेकाे छैन।

यही फागुन १३ गते राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने कार्यतालिका छ। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भएको छ। 

प्रकाशित मिति: : 2023-02-22 11:08:00

प्रतिकृया दिनुहोस्