नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिन सहमत जनाएकाे छ।
आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएकाे वार्तामा आन्दोलन फिर्ता सहमत भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार डाक्टरहरू आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएका छन्। शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सबै सेवा बन्द गरेका थिए।