बिएल संवाददाता
आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन्।
नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन।
नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो। जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो।
सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ। यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन्।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया