माओवादीको साथले एमालेको जित, दसौंदी बने राष्ट्रियसभा सदस्य

राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी विजयी भएका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका दसौंदी नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीको समर्थन थियो।

लुम्बिनी प्रदेश भूगोलबाट बुधबार भएको उपनिर्वाचनमा सत्ता साझेदार दलहरुको साथ पाएका दसौंदी ४ हजार २६ मतभार प्राप्त गरी विजयी भए।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मतभार प्राप्त प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मतभार प्राप्त गरेका छन्।

एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजिनामा दिएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन भएको हो। निर्वाचनमा ३०५ जना मतदाता थिए। जसमा ३०४ मत खसेको थियो।

निर्वाचित भएका दसौंदी रोल्पा रुन्टीगढी–५ निवासी हुन्। 

 

प्रकाशित मिति: : 2023-02-08 16:03:00

प्रतिकृया दिनुहोस्