गगन थापाको प्रश्न– रास्वपालाई चाहिँ प्रश्न गर्न पाइँदैन? (भिडियाे)

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रश्न गर्न मिल्दैन? भन्दै प्रश्न गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शीर्ष नेताहरुविरुद्ध नो नट अगेन भनेर मत मागेको भन्दै रास्वपा किन सरकारमा गएको र किन छाडेको भनेर प्रश्न गरे।

सरकार छाड्दै गर्दा सरकारले सहमति पालाना नगरेका कारण सरकार छाडेको बताएको भन्दै थापाले, ‘सहमति पालना नगरेको प्रधानमन्त्रीले होइन? हो भने सबभन्दा रिसाउनुपर्ने प्रधानमन्त्रीसँग होइन? अनि सरकार छाड्दै गर्दा समर्थन फिर्ता लिनुपर्ने होइन? समर्थन फिर्ता नलिएपछि फिर्ता नलिएको भन्ने प्रश्न उठ्दैन? कि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ प्रश्न सोध्न नमिल्ने हो?’

सञ्चार माध्यमहरुलाई लान्छित गर्ने रास्वपा सभापति रवि लामिछानेको अभिव्यक्ति उपयुक्त नरहेको बताए। ‘हामी के ठान्छौं भने प्रेस सिस्टमको अभिन्न अंग हो, त्यहाँ समस्या पनि छ,’ महामन्त्री थापाले भने, ‘नेपालको प्रेसले पनि आफ्नो बारेमा प्रश्न गरोस्। तर प्रेसलाई ‘ब्ल्यांकेट डिस–क्रेडिट’ गर्‍यो भने लोकतन्त्रमै समस्या आउँछ।’

प्रकाशित मिति: : 2023-02-08 14:34:00

प्रतिकृया दिनुहोस्