स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँएसँगै देशभरका क्याम्पसहरु चुनावी माहाेलले तातिइरहेका छन्। विद्यार्थी नेताहरु नतिजा आफ्नो पक्षमा कसरी पार्न सकिन्छ भनेर दाैडधुप गरिरहेका छन्।
अधिकांश विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन हुनुपर्छ भनिरहँदै गर्दा केही संगठन भने चुनाव नै नगराउने पक्षमा पनि देखिन्छ। स्ववियु निर्वाचन भए मात्र स्ववियु चलायमान हुन्छ र शैक्षिक संस्थाहरुलाई गलत गरेको बेला सचेत गराउँन सकिन्छ भन्ने मान्यता छ। लामो समयदेखि रोकिएकाे स्ववियु निर्वाचन हुने कुराले विद्यार्थीहरु पनि उत्साहित छन।
लामो समयदेखि नेपालको विद्यार्थी आन्दोलसँग जोडिएर परिर्वतनका कुरा गर्दै विद्यार्थीहरुको हक/हितमा आवाज उठाइरहेका नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष सुदेश पराजुलीसँग नेपालको विद्यार्थी आन्दोलन, विद्यार्थी संगठनहरुका समस्या, विद्यार्थीहरुले बोक्नुपर्ने मुद्दा र स्ववियु निर्वाचनकाे वरिपरि रहेर बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:
वर्तमान अवस्थामा विद्यार्थी आन्दाेलन कस्ताे ?
विद्यार्थी आन्दाेलनको इतिहास निकै गौरवपूर्ण छ, त्यही इतिहासले नै प्रेरित गरेर हामीलाई यो ठाउँमा उभ्याएको हो। हामीले विद्यार्थी संगठनसँग जोडिएर जुन सिर्जनशील कार्यलाई अगाडि बढायौँ, त्यसबाट हामीले विद्यार्थी आन्दोलन थप मजबुत बानाउनुपर्ने अवस्थामा छ। त्यसैले राजनीतिक प्रणाली परिर्वतनकाे पछाडि हामी जतिबेला गणतन्त्रका लागि झण्डा बोक्याैँ, त्यतिबेला हामीले समाजलाई देख्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने वर्तमान अवस्था रहन्छ। सांगठनिक कार्यका साथै समुदायकाे हितका लागि दबाब, जागरण र प्रतिपक्षको भूमिकामा हामी छौँ। तत्काललै अहिले स्ववियु निर्वाचन केनद्रीत नै छौँ।
हिजोको तुलनामा अहिले विद्यार्थी संगठनहरु कमजोर देखिन्छन्, खास विद्यार्थी संगठनका समस्याहरु के–के हुन ?
विद्यार्थी संगठन कमजोर होइन, भूमिका बद्लिएकाे हाे। जस्तो ०४६ सालको विद्यार्थी नेतालाई हेर्दा रापतापका साथ सडकमा उभिएर प्रहरीसँग आक्रोशित भएको, ढुङ्गा हानेको व्यवस्थाको आधारमा गतिलो आवाज बोकेको नेता देखिन्थे। त्यसपछि ०६२/६३ को जनआन्दाेलनमा पुत्ला जलाउँदै गरेकाे, प्रहरीलाई ढुङ्गा हान्दै गरेको, पुलिसलाई गुलेली ताकिरहेका जोशिला विद्यार्थी नेता देखिन्थे। भने, अब हामीले हिजो त्यही व्यवस्थासँग जोडिएको विद्यार्थी नेता हुने हो वा आजको समाज व्यवस्थालाई बोक्न सक्ने विद्यार्थी नेताको रुपमा उभिने हो भन्ने कुरा छ, त्यसैले हामी सबैका लागि देखिएको अवस्था हो। हिजोको आँखाबाट होइन, हामीले आजको आँखाबाट विद्यार्थी संगठनलाई हेरियो भने मात्र सही ठाउँमा पुगिन्छ। त्यसैले कमजोर होइन, परिस्थिति बद्लिएकाे हाे, विद्यार्थी संगठन र नेता उस्तै छौँ।
वर्तमान अवस्थालाई हेर्दा पार्टी नेतृत्वले विद्यार्थी संगठनहरुलाई वास्ता नगरेको जस्तो देखिन्छ नि ?
हो, केही तहसम्म सत्यता छ। जब हाम्रो पार्टीको मन्त्री प्रधानमन्त्री हुँदा हामीले प्रतिपक्षको भूमिकालाई कहाँ उभ्यायाैँ त्यो आधारमा मूल्यांकन गर्दा तपाईंको प्रश्न जायज हुन्छ। प्रधानमन्त्री पार्टी नेतृत्वले चलाइरहेको छ भने सडक, जनता र समुदायको विषयवस्तु छोड्दिने तर फेरि अर्को पार्टीको सरकार आउने बितिकै फेरि आन्दोलन समुदायको कुरा जोड्ने देखिन्छ।
सत्य/तथ्य, समुदायको अधिकार, अन्य विषयवस्तुका आधारमा समाजमा घटेका घटना र परिवेशका आधारमा विद्यार्थी आन्दोलको परिपाटी लिएर जाने कुराको अन्त्य भएका कारण नेता तथा संगठनको मूल्यांकनलाई नटेर्ने अवस्था आएको छ। त्यसलाई परिवर्तन गरेर विद्यार्थी आन्दोलनलाई विद्यार्थी आन्दोलनकै रुपमा अथवा दबाब, जागरण र प्रतिपक्षको भूमिकाको रुपमा स्थापित गर्न जरुरी छ।
वास्तविक विद्यार्थीहरुले संगठनको जिम्मेवारी नपाएका कारण वर्तमान समस्या उत्पन्न भइरहेको त होइन होला नि ?
वास्तविक विद्यार्थी नै विद्यार्थी संगठनको नेता हो। कलेज पढ्ने सम्मेलनमा उपस्थित हुने विद्यार्थी र विद्यार्थीको विचार दृष्टिकोण देखाउनेहरु नै विद्यार्थी नेता रहन्छ। अहिले स्वभाविक रुपमा लामो राजनीतिक अस्थिरताका कारण तपाईंले भनेको जस्तै जेन्युन विद्यार्थीहरु संगठनमा आवद्ध हुन पाए वा पाएनन् भन्ने अवरोध भएको देखिन्छ।
विद्यार्थीहरुले अराजकता देखाएका कारण त्रिभुवन विश्वविद्यालय अस्तव्यस्थ भएको आरोप छ, के सत्य हो ?
विश्व विद्यालयहरुमा संकट विद्यार्थी नेताहरुका कारण मात्र आएको होइन। विश्व विद्यालयमा नियुक्ति भएका भिसी, रेक्टर, रजिष्टार, डिनलगायत सबै प्रशासकहरुको अनुहारमा सत्तामा पुगेका नेताहरुको अनुहार देखिन्छ। तपाईं अहिले त्रिभुवन विश्वविद्यालयको भिसीसँग कुरा गर्दै गर्दा केपी ओलीको अनुहार झलझली आउँछ। त्यस्तै अन्य सेक्टरमा काम गर्नेहरुसँग कुरा गर्दा त्यस्तै देखिन्छ। एउटा नेताको अनुहार र ऐना देखिने विश्वविद्यालयमा आएका प्रशासकका कारण विश्वविद्यालय यो ठाउँमा पुगेको हो। आजसम्म हाम्रो अनेरास्ववियुले एउटा पनि विश्वविद्यालयमा तालाबन्दी गरेको छैन। हामी आमरण अनसन बस्यौँ र आन्दोलनलाई एउटा उचाइमा पुर्याएका छौँ। तर, विश्व विद्यालयका कर्मचारीहरु ताला ठोकिँरहेका छन। अहिले त्यहीँ कार्यरत प्रोफेसर, कर्मचारी, प्रशासकहरुको गतिविधिले विश्वविद्यालय कमजोर बनिरहेको छ। राजनीतिक पार्टी भित्रका गुटका व्यक्तिका नजिक भएर पैसा खुवाएर नियुक्ति भएकाहरुले गर्दा र पैसा कमाउने नाफामुखी चिन्तनका कारण विश्वविद्यालय धराशाही बनेका छन्।
नेपालमा फरक–फरक दलका विद्यार्थी संगठनहरु शैक्षिक क्षेत्र सुधारका लागि किन मिलेर जान सक्दैनन ?
विद्यार्थी संगठनसँग साझा रहेका मिल्दा जुल्दा मुद्दाहरुमा मिलेर अगाडि बढेका छौँ। हामी सामूहिक बैठक र छलफलमा राष्ट्रिय परिस्थिति शैक्षिक गतिविधिका कुराहरुमा मिलेरै वक्त्तव्य, प्रचार, आन्दोलन गर्ने गरेका छौँ। केही विषयवस्तुहरमा मिल्न सकेका छैनौँ तर मिल्न सक्ने कुराहरुमा सकेसम्म मिलेर र मिलाएर लैजाने गरेका छौँ।
नेपालको विद्यार्थी आन्दोलन यत्तिबेला अस्तव्यस्त देखिन्छ, के अब विद्यार्थीहरुले विद्यार्थीका भन्दा पनि पार्टीका मुद्दा धेरै बोकेका हुन् ?
मुलभूत रुपमा विचारमा नै विद्यार्थी संगठनहरु सामीप्यता कायम गर्छन्, विचारसहितका नै विद्यार्थी संगठन हुन्छन। समुदायका विषयहरुलाई स्थापित गर्न विद्यार्थी संगठन लाग्छन्, विचारको स्वतन्त्रता पहिले नै कायम गरे मात्र अधिकार प्राप्ती गर्न सक्छाैँ। हाम्रो समुदायका मुद्दा कायम गर्न सक्छौँ, सही ठाउँमा पुर्याउन सक्छौँ। अहिलेका विद्यार्थी संगठनले पार्टीका मुद्दा बोक्ने समय छैन। देशमा गणतन्त्र स्थापित गरिसकेका छाैँ। विश्वविद्यालयलगायतका शेक्षिक मुद्दाहरु हुन्। वास्तविक विद्यार्थीको जनजीविकाको मुद्दा बोकेर अगाडि बढेको देखिन्छ।
नेपालको विद्यार्थी आन्दोलनलाई विद्यार्थीको आन्दोलन जस्तै बनाउन कसरी लाग्नुपर्ने हो ?
नेपालको कठिन परिस्थिति र हाम्रो पार्टी सरकारमा भइरहँदै गर्दा अनेरास्ववियु ३३ प्रतिशत काम गरेको थियो तर अहिले कुनै पनि विद्यार्थी संगठनले समुदायको उपलब्धी लिनसकेका छैनन्। म अध्यक्ष भइसकेपछि हाम्रो संगठनले स्वास्थ्यको ओपिडी सेवामा ५० प्रतिशत सहुलियत कायम गरेका छौँ। भने, ३३ प्रतिशत जगन्य रोग लागेका विद्यार्थीहरुलाई उपचारमा सहुलियत प्रदान गरेको छ। हिजो लकडाउनको समयमा देखिएको जनजीविकाको सवालमा विद्युतीय चुलो प्रदान गर्नुपर्छ भनेका थियौँ। पूर्व मन्त्री पम्फा भुसाल हाम्रो माग सुनेर विकटका जिल्लाहरुका विद्याथीहरुलाई नि:सुल्क चुलो वितरण गर्नु भएको थियो। यी र यस्ता उपलब्धी विद्यार्थी र समुदायले लिएको उपलब्धी हो। त्यसले विद्यार्थी संगठन पनि विद्यार्थीका लागि अहाेरात्र काम गरिरहेका छन। यसरी नै विद्यार्थी संगठन विद्यार्थीको हत हितका लागि काम गर्नुपर्छ भन्ने रुपमा हामी जसरी लाग्नुपर्छ।
तपाईंहरुले चाहेको विद्यार्थी आन्दोलन तथा विद्यार्थी संगठन कस्तो हो ?
मुलत: विद्यार्थी आन्दोलन समुदायको अधिकारकाे कारकमा रुपमा स्थापित हुनुपर्छ। हिजोको जस्तो होइन, वर्तमानमा बदलिएकाे समाजलाई बोक्न सक्ने विद्यार्थीहरुको रुपमा स्थापित हुनुपर्छ। मेरो शिक्षा, मेरो राजनीति, मेरो स्ववियु कहाँ गयो भने मेरो विद्यार्थी, मेरो श्रमले कहाँ पुर्याे भने म जस्तै युवाहरु आज श्रमका निम्ति खाडी मुलुकहरुमा जान बाध्य भएका छन्। मेरो देशको श्रमले दुबई, मलेसिया, कतार, कुबेत बनाउन सक्छ। अस्ट्रेलिया, युरोप, अमेरिकामा अब्बल हुन सक्छ तर मेरो चेतना श्रम नेपालमा किन अब्बल बन्न सक्दैन ? यही कुरा बोक्न सक्ने विद्यार्थी संगठन रहनु जरुरी छ।
विश्वकप कतारमा सम्पन्न भयो। त्यो स्टुडियम बनाउन नेपाली श्रम कति प्रयोग भयो, दुनियाँलाई देखाउन सक्ने तागत, लागत बोक्न सक्ने नेपाली श्रम आज नेपालमा किन बिकिरहेको छैन ? श्रम र रोजगारसँग हामीले नेपालको विद्यार्थी समुदायलाई किन जोड्न सकेका छैनौँ ? कमिकमजोरी, राजनीतिक व्यवस्था के हो ? हाम्रो काम के हो ? यो सबै कुरालाई बोक्न सक्ने विद्यार्थी आन्दोलन बनाउन हामी लाग्नुपर्छ। हामीले जिन्दावाद मुर्दावाद भनिरहँदै गर्दा हिजो पञ्चायत मुर्दावाद भन्न हाम्रा अग्रजहरुले पञ्चायत समाप्त भयो। बहुदलीय व्यवस्था जिन्दावाद भने अग्रजहरुले र बहुदलीय व्यवस्था स्थापना भयो। हिजो गणतन्त्र जिन्दावाद भन्यौँ आज ती मान्छेहरु मन्त्री संसद छन। हिजो जनयुद्धको क्रान्तिमा होमिएको राजाको विरुद्धमा आन्दोलन गरेको विद्यार्थी नेतालाई सम्झिँदा उनीहरु विचरा आज दुबई मलेसियामा श्रम बेचिरहेका छन। यो अवस्थालाई बोक्न सक्ने राजनीति व्यवस्था निमार्ण गर्न सक्ने विद्यार्थी नेता उत्पादन गर्न जरुरी छ।
खाडी मुलुकले नेपाललको श्रम किन्न सक्छ तर नेपालले किन किन्न सक्दैन ? देशमा जस्तासुकै व्यवस्था पनि ल्याउन सक्यौँ भने अब मेरो देशको अवस्था सुधार गर्न नसकेका कारण मान्छेमा वितृष्णा उत्पन्न भएको छ। यी यस्तै कुरा बुझ्न चिन्न सक्ने राजनीति चाहिएको छ। विभिन्न कुरा गरेर जिन्दावाद र मुर्दावाद भनेर भोको पेट बाँच्दैन। गरीब जनताको भोको पेट भरिने राजनीति चाहिएको हो। गरीब जनता पढ्न लेख्न सक्ने र पढेपछि रोजगार पाउन सक्ने उत्पादनमा जोडिन सक्ने समाजिक अवस्था चाहिएको हो। त्यसैले आजको समाजलाई बुझेर काम गर्न सक्ने विचार विमर्श गर्न सक्ने विद्यार्थी आन्दोलनको आवश्यकता हो।
लामो समयपछि बल्ल स्ववियु निर्वाचन हुँदैछ, त्यही पनि कहीँ कतै नहुने हल्ला चलिरहेको छ, स्ववियु निर्वाचन हुन्छ हुँदैन ? अनेरास्ववियु यसको तयारीमा कसरी लागिरहेको छ ?
स्ववियु निर्वाचन हुनुपर्छ, हुन्छ। हामी समयअनुसार चल्न जरुरी छ। हिजोको ०६२/६३ को जस्तो स्ववियुको कल्पना गरेर आजको आन्दोलनलाई बोक्न सकिन्छ/सकिँदैन बहस गर्न जरुरी छ। आज हामीले स्ववियुलाई परिमार्जित गरेर अगाडि बढ्न जरुरी छ। आज स्ववियु हाम्रा कारण नभएको होइन। अनेरास्ववियुलगायत अन्य संगठनको कारण होइन, स्ववियु नगराउने महत्वपूर्ण काम पार्टीको गुटको मतियारा बनेर विश्वविद्यालय आएका भिसी, रेक्टर, रजिस्टारका कारण नभएको हो।
अहिले पनि धेरै विश्वविद्यालयमा केपी ओली अनुहार परेका मान्छेहरु नियुक्ति भएका छन। ती केपी ओली अनुहार परेकाहरुले स्ववियु निर्वाचन गर्न तयार छन कि छैनन् भन्दा बालकोटको आशिर्वाद र बा’को मुखबाट के झर्छ भनेर हेरिरहेका छन। जतिबेला बा’को मुखबाट स्ववियु निर्वाचन गर हे मेरा छोराछोरी हो भनेर आयो भने स्ववियु निर्वाचन हुन्छ, नत्र पख मलाई आइ लभ यु भन्न छोडेछौ अब मैले स्ववियु रोक्छु भनेपछि विश्वविद्यालयका मतियारहरुले स्ववियु निर्वाचन गर्दैनन्। त्यसैले धेरै विश्वविद्यालयहरुमा गुटका मतियारा बनेकाहरुले गर्दा रोक्न खोजलान् तर हामीजस्ता विद्यार्थी संगठनहरु दबाब दिन बाध्य बनाउने काममा गर्न जरुरी छ।
स्ववियु निर्वाचनमा अनेरास्ववियु गठबन्घन गरेर जान्छ कि एक्लै ?
स्ववियु र पार्टीको निर्वाचन निकै फरक छ। स्ववियुका मुद्दा एजेण्डा मुद्दाहरु हेरेर विद्यार्थीहरुबीच आपसी तालमेल हुन सक्छ। विद्यार्थीहरुको जेन्युन मुद्दा बोक्नेहरु हामीसँग कति प्रतिबिम्वित हुन्छ भन्ने कुरालाई खोजेर अनेरास्ववियु अगाडि बढ्छ।
पार्टी विभाजनपछि तपाईंहरु स्ववियुमा जाँदै हुनुहुन्छ, कस्तो अपेक्षा गर्नुभएको छ ?
पार्टी मात्र विभाजन भएको हो, हाम्रो अनुभव भने पुरानो छ। पार्टी विभाजनपछि नयाँ जन्मिएको मान्छे होइनौँ। त्यसैले विभाजन भएपछि पनि अब देखाउन जरुरी छ। हिजो विभिन्न आन्दोलन परिर्वतन भयो। बालुवाटार पुगेपछि केपी ओलीले गणतनत्रलाई ध्वजा–ध्वजा पार्ने काम गरेकाले अब केपी ओली आइ लभ यु भन्नेहरुलाई रोज्छौँ कि हामी जस्तै व्यवस्था बचाउने खालको रोज्नु हुन्छ। अबको विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ त्यसबारे बहस गर्न जरुरी भएका कारण पनि आज पढे लेखेकाहरु आमाको सिरानीमा आफ्नो सर्टिफिकेट राखेर रुँदै रुँदै विदेशिन बाध्य छन। यी यस्ता विषयमा स्ववियुमा आवाज उठ्छ/उठ्दैन आजको आवश्यकता हो। शैक्षिक संस्थाहरमा पनि विभिन्न विभेद देखिएका कारण पुँजीवादी शैक्षिक व्यवस्था परिर्वतनका लागि बोल्नुपर्छ भनेर स्ववियु बहस गरेर जान जरुरी छ।
हरेक दिन विद्यार्थीहरु देश छोडेर जानुपर्ने अवस्था छ तर नेपालका विद्यार्थी संगठनहरु किन बोल्दैनन ?
अरुको कुरा अरुलाई थाहा होला, हामी बोलिरहेकाछौँ। हामीलगायत अन्य नजिकका पार्टीहरु सरकारमा रहँदा पनि बोलिरहेकै हुन्छौँ। हाम्रो कुरा कार्यन्वयन भएन होला कम सुनियो होला।