सन्दीप लामिछाने राष्ट्रिय टोलीमा: 'खेलकुदमन्त्री प्रचण्ड'लाई थाहा छ कि छैन ?

नावालिग बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछाने कडा शर्तसहित जेल बाहिर आएयता नेपाल क्रिेकट संघ (क्यान) ले उनीमाथि गरेको उदार व्यवहारको क्रम जारी छ ।

पोखराबाट क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरेको घाेषणा लगतै यता काठमाडौैंमा उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश गरिएको सूची सार्वजनिक भएको छ ।

यसैबीच सामाजिक सञ्जालमा सन्दीपप्रति क्यान उदार भएकोमा तीब्र आक्रोश देखिएको छ । पीडित बालिकाले केही दिनअघि एक राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तापछि यो रोषको पारो अरू बढेको हो ।

सन्दीप राष्ट्रिय टीममा फर्केछन् ! अहिलेका खेलकुदमन्त्री प्रचण्डलाई थाहा छ/छैन ? प्रचण्डकै महान्यायाधिवक्ताले सन्दीपलाई जेल लैजान सर्वोच्चमा रिट लगेका छन्, शुक्रबार सुनुवाई छ,आजै उनी राष्ट्रिय टीममा फिर्ती भएका छन् ।
एक नावालिग वलात्कारको आरोपी राष्ट्रिय टिममा ! कस्ले चलाउँछ यो देश?@PM_nepal_

केहीले यो सबै प्रकरणमा बर्तमान सरकारका खेलकुद मन्त्रालय सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डलाई यो सबै थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । प्रचण्ड सरकारमा जनता समाजवादी पार्टीलाई युवा तथा खेलकुद मन्त्रालय छुट्याए पनि सरकारमा सहभागी नभएकाले प्रधानमन्त्री प्रचण्डले नै खेलकुद मन्त्रालय लिएका छन् । 

सन्दीपप्रतिको यो उदारताले क्यान मात्र हैन, सरकार पनि प्रश्नको घेरामुनि तानिएको छ । 

प्रकाशित मिति: : 2023-02-02 18:41:00

प्रतिकृया दिनुहोस्