रास्वपाबारे माओवादी बैठकमा छलफल: रविलाई धैर्य गर्न भनाैँ

फाइल तस्विर
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)काे स्थायी कमिटी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बारे छलफल भएकाे छ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसाे बसेकाे बैठकमा रास्वपाबारे छलफल भएकाे पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘बैठकमा रविजीकाे पार्टीबारे कुरा भएकाे छ। रविजीकाे मुद्दा सकिएको छैन। के गर्ने भन्ने निर्णय गर्न बाँकी छ। रास्वपाले धैर्य गर्नुपर्छ,’ प्रवक्ता महाराले बैठकपछि सञ्चारकर्मीहरुसँग भने।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सरकार छाड्ने मानसिकतामा रहेकाे बन्दै विषयवस्तु उठान गरेकाे प्रवक्ता महराले बताए। सर्वाेच्च अदालतकाे आदेशपछि रवि लामिछानेले सांसद पदसँगै गृहमन्त्रालय गुमाएका थिए। रविले नागरिकता प्राप्त गरेसँगै साे मन्त्रालय पुन: पाउनुपर्ने रास्वपाकाे माग रहेका छ।

तर, प्रधानमन्त्री प्रचण्डले भने रवि लामिछानेकाे मुद्दा अझै बाँकी रहेकाे र फैसलाकाे पूर्णपाठ नआएकाेले अहिले नियुक्ती गर्न नहुने बताउँदै आएका छन्।

रास्वपाले पनि प्रधानमन्त्रीले आफ्नाे भागमा परेकाे गृहमन्त्रालय पद नदिने संकेत गरेकाे छ। यसबारे छलफल गर्न बसेकाे रास्वपा बैठक अहिले बसुन्धारामा जारी छ।

प्रकाशित मिति: : 2023-02-02 17:38:00

प्रतिकृया दिनुहोस्