
बिएल संवाददाता
मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा खेती नष्ट गरिएको छ।
मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो।
प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ विघामा लगाइएको अफिम नष्ट गरेको हो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया