राहदानी विभागमा ठगी धन्दा: कार्यालय छिर्नकै लागि सेवाग्राहीले तिर्छन पैसा

उमेश थापा

काठमाडौं

त्रिपुरेश्वरस्थित राहदानी विभागमा दिनहुँ मानिसहरुको भिडभाड हुन्छ। यहाँ काठमाडाैँलगायत देशका सम्पूर्ण जिल्लाबाट सेवाग्राहीहरुकाे आउने गर्छन्। जिल्लामा छिटाे छरिताे काम नहुँदा र मेसिन अभावका कारण अन्य क्षेत्रका मानिसहरु पनि यहाँ आउने गर्छन्। अत्याधिक मानिसकाे कारण हुने भिड व्यवस्थापन गर्न नसक्नु नै यहाँकाे मूख्य चुनाैती हाे।

राहदानी विभागमा हुने बिचौलियाहरुले सेवाग्राहीहरुलाई काम गर्दिन्छु भन्दै दिनहुँ ठगिरहेका घटनाहरु बेला–बेलामा बाहिरिने गर्छन्। यसरी सेवाग्राहीलाई हैरान पार्ने केही बिचाैलियाहरु त पक्राउ नै परिसकेका छन्।

सिधा मानिसहरुलाई मैले चिनेको छु भन्दै ठग्छन् बिचौलियाहरु। अझै राहदानी विभागबाट पक्राउ परेका बिचौलियाहरु थुनामै छन्। केही महिनाअगाडि नेपाल प्रहरीका सईले पनि राहादानी बनाई दिने काम गरेपछि उनी पनि कारबाहीमा परेका थिए।

दैनिक नेपालबाट विदेश जाने मानिसहरुको संख्या चारदेखि पाँच हजार छन। धेरै मानिसहरुको वैदेशिक रोजगारमा पैसा कमाउन विदेश जान्छन्। त्यो सँग सँगै राम्रो मुलुक जाने मानिसहरुको संख्या कम छ।

देशमा नै केही गर्छु भन्दा मानिसहरुलाई अवसर छैन। अवसर भए पनि ठुला-बडाहरुलाई मात्र छ। न त राज्यले तोकेको तलब पाउँछन् न त सेवा सुविधा नै। त्यही भएर पनि होला राहदानी विभागमा राहदानी बनाउनेहरुको भिडभाड लाग्ने।

राहदानी विभाग बाहिर मानिसहरुको चाप निकै हुन्छ। यो हटेको दिन कुर्न कि राहदानी विभागका कर्मचारीहरुले सेवाग्राहीहरुको काम समयमा गर्नु पर्‍याे कि सरकारले सबै जिल्ला प्रशासन कार्यालयबाट राहदानी दिने व्यवस्था मिलाउनपर्छ।

यही भिडभाडको फाइदा मज्जाले उठाइरहेका छन् बिचौलियाहरु। राहदानी विभाग प्रश्न नै प्रश्न भएको ठाँउ हो ?

२०७९ माघ १० गते राहदानी विभागबाट भारतीय नागरिक असफर अन्सारीले बिचौलियाको काम र किर्ते छाप प्रयोग गरेपछि पक्राउ परे। उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्दा उनको झाेलाबाट राहादानी विभागको छाप, कागज र पैसा बारमद गरिएको थियो। उनलाई अहिले महानगरीय प्रहरी वृत्त कालिमाटीमा थुनामा राखिएको छ। उनी थुनामा रहेको छ दिन भयो।

महानगरीय प्रहरी वृत्त कालिमाटीकाे मुद्दा फाँटका सुरेन्द्र स्वाँरकाअनुसार उनले सेवाग्राहीलाई किर्ते छाप हानेर राहदानी विभागभित्र छिराए बापत एक हजार रुपैयाँ लिन्थे। त्यसपछि भित्र जे भए पनि अन्सारीलाई मतलब हुँदैन थियो।

अन्सारीले किर्ते छाप बनाएको ठाँउको बारेमा हामी अनुसन्धान गरिराखेका छौँ। बयान लिए अनुसार उसले यस काम भर्खर गर्न आँटेकाे जस्तो देखिन्छ र अहिलेसम्मको बयान हेर्दा अन्सारीले राहदानी विभागको कुनै पनि कर्मचारी चिनेका छैनन। ‘हामीले बयान लिन खोज्दा अन्सारी त्यति बोलदैनन्। अनुसन्धानको गरिखेका छौँ। अबको दशदेखि पन्ध्र दिनमा सबै थाहा हुन्छ,’ स्वाँरले बिएल नेपाली सेवासँग भने।

राहदानी विभागकी प्रवक्ता दुरपदा सापकोटा भन्छिन्,‘हेर्दा सिधा हुन्छन् काम भने बिचौलियाका गर्छन्, मलाई त अच्चम लाग्छ।’ उनले किर्ते छाप बनाएर सेवाग्राहीलाई ठगी गर्ने अन्सारीलाई कारबाही गरिने बताइन्।

अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाकाअनुसार यो सरकारी छाप दस्तखत किर्तेमा जान्छ। यसको सजाय अधिकतम सात वर्षसम्म कैद हो।

राहदानी विभागका एक कर्मचारीकाअनुसार यहाँ भिडभाड सबै जिल्लाका मानिसहरु आएर भएको हो। सरकारले यस समस्याको समाधान गर्न जिल्लाका मानिसहरुको काम जिल्लाबाट नै हुने बनाउनुपर्छ। त्यस्ताे भएमा यहाँ मानिसहरुको भिडभाड कहिले हुँदैन भने बिचौलियाको अन्त्य पनि हुन्छ।

सेवाग्राहीको काम कहिले पनि समयमा नहुने आरोप खोप्दै आइरहेको छ राहदानी विभाग। घण्टाैँ लाइनमा बस्दा पनि काम नहुने सेवाग्राहीहरुकाे गुनासाे छ।

प्रकाशित मिति: : 2023-01-31 19:00:00

प्रतिकृया दिनुहोस्