कर्णालीमा मन्त्रिपरिषद्ले पायाे पूर्णता, यी हुन् मन्त्रीहरू

कर्णाली प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएकाे छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार मन्त्रीहरुको जिम्मेवारी तोकेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

मन्त्रिपरिषद्मा नेकपा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र नेकपा एमालेबाट ३ जना मन्त्री भएका छन्।

माओवादीबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री, सुर्खेतका कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री र सल्यानका मंगलबहादुर शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रीमा नियुक्त भएका छन्।

त्यस्तै एमालबाट विनोदकुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, टेकराज पछाई सामाजिक विकास मन्त्रालय र जीतबहादुर मल्ललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति: : 2023-01-25 17:53:00

प्रतिकृया दिनुहोस्