नयाँ पत्रिका दैनिक
सहमति जुटाउन प्रधानमन्त्रीको पहल, कांग्रेसको चासो राष्ट्रपतिमा, एमाले कांग्रेसविनाकै बाँडफाँटको पक्षमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका छन् । संविधानको रक्षाका लागि भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले शक्ति बाँडफाँटमा राष्ट्रपतिमा चासो राखेको छ । तर, सत्तासाझेदारमध्ये सबैभन्दा ठूलो दल एमालेले भने शक्ति बाँडफाँटमा कांग्रेस सहभागी नहुने टिप्पणी गरेको छ ।
सरकारलाई विश्वासको मत दिएसँगै कांग्रेस नेताहरू राष्ट्रपति आफ्नो पक्षमा पार्न गृहकार्यमा लागेका छन् । यसका लागि कांग्रेस नेताले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतासँग भेटघाट जारी राखेका छन् । ५ माघमा हुने सभामुखको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसले निर्णय गरिसकेको छ ।
कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा कांग्रेसका लागि ढोका खुला गरिसकेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया