४४ वर्षदेखि देउता बनाउँदासमेत जीवनको एकमात्र लक्ष्य पूरा गर्न नसकेका पदमराज

उकेरा

मोनिका वाइबा
File Photo
File Photo

ललितपुर महानगरपालिकाको तिछुं गल्लीमा आफ्नो घरअगाडि बुद्धको मुर्ति आकर्षक बनाइरहन्छन्, पदमराज शाक्य। काठलाई विभिन्न आकार दिएर आकर्षक बनाउँदै आएका उनले आफ्नै जीन्दगीलाई भने आकर्षक बनाउन सकेका छैनन्।

त्यै भएर त जीवनको ६०औं हिउँद पार गरिसक्दा पनि उनको जीवनस्तरमा खासै परिवर्तन आउन सकेका छैन। कला र सिर्जनाको मूल्यांकन हुन सकेको छैन।

लकडाउनपछि त झन् उनको सामान उधारोमा मात्रै जान थालेका रहेछन्। नदिऊँ भने व्यापार नहोला भन्ने डर त छँदैछ। अब त झन् उधारो उठाउनकै लागि आफ्नो काम छोडेर धाइरहनुपर्ने बाध्यता पनि थपिएको छ।

उनले काठको टुक्रामा बुट्टा भरेर देउता बनाउन थालेको ०३५ सालदेखि नै हो। तर, वर्षौं देउता बनाउँदै आएका उनको जीन्दगी भने कहिले बन्ने हो आफैँलाई थाहा छैन।

प्रकाशित मिति: : 2023-01-14 14:57:00

प्रतिकृया दिनुहोस्