लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा 

File Photo
File Photo

हिन्दु नेपालीको महान पर्व माघे संक्रान्तीको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको छ।

माघ २ गते सोमबार लुम्बिनी प्रदेशका १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णाय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी कानुन अधिकृत सीता घिमिरेले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रदेशभर बिदा दिइएको जारी सुचनामा उल्लेख गरिएको छ।

थारु समुदायको बाहुल्यता रहेको यस प्रदेशको तराई र पहाडमा, पहाडी समुदायले माघे संक्रान्तीलाई उल्लासपुर्ण तवरमा मनाउँदै आएका छन्।

माघे संक्रान्तीको दिन नदि तालतलैया र पोखरीमा विहानै पुगेर सुर्यदेवको आरधानका साथै स्नान गरी तरुल,सखरखण्ड लगायतका वनजन्य फलफुल खाने परम्परा रहेको छ।

प्रकाशित मिति: : 2023-01-13 14:45:00

प्रतिकृया दिनुहोस्