प्रवेश बिष्ट
प्रदेश १ मा सभामुखको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी गौतमको प्रस्तावक रहेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का कमल जबेगुले गौतमलाई समर्थन गरेका छन्।
सभामुख निर्वाचनका लागि मंगलबार बसको प्रदेशसभाको दोस्रो बैठकले कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिका अनुसार सभामुखका लागि आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारको अन्तिम नामावली साँझ ७ बजे प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ।
प्रदेशमा सभामुखका लागि पुस २८ गते बिहान ११ बजे निर्वाचन हुने छ। सभामुख निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्धव थापाले आफूहरु सभामुखमा उम्मेदवारी नदिने जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया