पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

पोखरा १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरको छतमा गएका बेला हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीको भनाइ छ।

करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको हो।

प्रकाशित मिति: : 2023-01-05 20:47:00

प्रतिकृया दिनुहोस्