प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्। २६ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका हुन्।

संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्।

प्रधानमन्त्री नियुक्त भएकाे एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाे छ। प्रधानमन्त्री प्रचण्ड गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

२ सय ७५ सदस्सीय प्रतिनिधिसभामा प्रचण्डलाई १ सय ६९ सांसदकाे समर्थन रहेकाे छ।

पत्र:

प्रकाशित मिति: : 2023-01-02 14:09:00

प्रतिकृया दिनुहोस्