बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ। बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा पुनरावेदनको मुद्दा परेको हो।
पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकीलले बताएका छन्।
आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। गत साताका लागि नै पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकीलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए।
नाबालिग किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा लामिछाने थुनामा छन्। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ।
त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ। आजकै पेशीमा सन्दीप सम्भवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।
सन्दीप गत असाेज २० गते विमानस्थलबाट पक्राउ परेका थिए।