सातवटै प्रदेशमा नयाँ गठबन्धनको सरकार

फाइल तस्बिर
फाइल तस्बिर

मधेस, बागमती र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व टुंग्याउन सकस हुने अंकगणित

नयाँ राजनीतिक समीकरण बनेसँगै सातवटै प्रदेशको सरकार एमाले–माओवादीसहित सातदलीय गठबन्धनकै बन्ने देखिएको छ । तर, नयाँ बनेको गठबन्धनको अंकगणित हेर्दा प्रदेश सरकारको भागबन्डा मिलाउन एमाले–माओवादीलाई सहज भने देखिँदैन ।

मधेस, बागमती र सुदूरपश्चिम प्रदेशको संसदीय अंकगणितले त्यहाँ अन्य दलले नेतृत्वका लागि दाबी गर्ने अवस्था देखिन्छ । संघमा २० सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश सभा निर्वाचनमा सहभागी नभएका कारण उसको हकमा भने प्रदेशमा भागबन्डा मिलाउनुपर्ने तनाव हुनेछैन ।

प्रकाशित मिति: : 2022-12-27 16:33:00

प्रतिकृया दिनुहोस्