नेकपा (एमाले)का नेता सूर्य थापाले शेरबहादुर देउवाप्रति व्याङ्य गर्दै चितवनकाे गैंडालाई काउकुती लागे पनि उनलाई न लाग्ने बताएका छन्।
प्युठानबाट निर्वाचित सांसदसमेत रहेका थापाले काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै एमालेले काँग्रेसलाई सरकार गठनकाे लागि गरेकाे प्रस्तावकाे वेवास्ता गरेकाे बताए।
‘मैले त पहिलैदेखि पहिलाे र दाेस्राे पार्टी मिलेर सरकार बनाउनुपर्छ भनेकाे हाे,’ नेता थापाले भने,‘तर, शेरबहादुर देउवाले त्याे प्रस्तावकाे वेवास्ता गर्नु भयाे, बरु चितवनकाे गैंडालाई काउकुती लागेकाे हाेला तर हाम्राे कुराले देउवालाई काउकुती लागेन।’
उनले पहिलाे र दाेस्राे दल मिलेर सरकार बनाउने पर्ने चाहना भए पनि काँग्रेसकाे कारण नयाँ समिकरण गर्न बाध्य भएकाे बताए।
भिडियाे: