प्रधानमन्त्री प्रचण्डले आजै सानाे आकारकाे मन्त्रीमण्डल गठन गर्ने

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै सानाे आकारकाे मन्त्रीमण्डल गठन गर्ने भएका छन्।

प्राधानमन्त्री प्रचण्डले दिउँसाे ४ बजे राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सानाे आकारकाे मन्त्रीमण्डल बनाउने तयारी भएकाे माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिए।

उनका अनुसार आज माओवादीबाट नाराणयकाजी श्रेष्ठ मन्त्रालयमा जाँदैछन्। उनी उपप्रधानमन्त्री बन्ने प्रवक्त महाराले बताए।

मन्त्रालयमा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुँदैछजन्।

प्रकाशित मिति: : 2022-12-26 10:25:00

प्रतिकृया दिनुहोस्