सनीराज शाक्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी लागुऔषधसहित २ जना विदेशी महिला पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे।
पक्राउ पर्नेमा युक्रेनकी डारिया एन्टओनीको र थाइल्याण्डकी अरीया फोनोक रहेका छन्।
ब्राजिलको रियो डि जानेरिओबाट दुबई हुँदै काठमाडौँ आएकी ३२ वर्षीय एन्टओनीलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो।
उनकाे साथबाट प्रहरीले २ वटा सुटकेसभित्र फल्स बटम बनाएर लुकाएको ५ केजी ६०० ग्राम काेकिन, ३०० अमेरिकी डलर, ४८० थाई भाट, ५ हजार रुपैयाँ नेपाली पैसा र युक्रेनी पासपोर्ट बरामद गरेको छ।
त्यस्तै, लागुऔषधसहितकाे सुटकेस लिन बैंककबाट मलेसिया हुँदै काठमाडौँ आएकी थाइ नागरिक फोनोकलाई बिहीबार ठमेलस्थित एक हाेटलबाट नियन्त्रणमा लिइएकाे हाे। उनी सुटकेस र थाई नागरिकतासहित पक्राउ परेकी हुन्।
उनीहरुलाई लागुऔषध ब्यूरोको हिरासतमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।



माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया