८ गोल गर्दै एमबाप्पेले जिते गोल्डेन बुट

फ्रान्सका  एम्बाप्पेले ८ गोलसहित गोल्डेन बुट जितेका छन्।उनले ७ गोल गरेका मेस्सीलाई पछाडि पार्दै गोल्डेन बुट जितेका हुन्।

उनले खेलमा तीन पेनाल्टी र एक नियमित सहित चार गोल गरे । उनले तीन गोल नियमित खेलमै गरेर ह्याट्रिक पनि गरे ।

८१ मिनेटसम्म २-० ले अगाडि रहेर जितको नजिक पुगेको अर्जेन्टिनालाई १ मिनेट ३३ सेकेण्डको अवधिमा दुई गोल गरेर स्तव्ध पार्दै फ्रान्सलाई खेलमा फर्काएका थिए ।

अतिरिक्त समयमा फेरि एकपटक अर्जेन्टिना ३-२ को स्थितिमा पुगेको बेला पेनाल्टी गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल पेनाल्टी किकमा पुग्यो । 

पेनाल्टी सुट आउटमा पनि उनले फ्रान्सका लागि पहिलो गोल गरेर गोलको खाता खोलेका थिए ।

एम्बाप्पेको गोलको वर्षा गरे पनि फ्रान्सलाई विश्वकप जिताउन सकेनन् । तर, उनले मेस्सीलाई गोल्डेन बुट जित्न भने दिएनन् ।

मेस्सीले गोल्डेन बलमै सन्तोष गर्नुपर्यो । 

फाइनल विश्वकप इतिहासमै सबैभन्दा रोमाञ्चक फाइनल भएको फुटबल पण्डितहरूले बताए ।  

३–३ मा बराबर भएपछि पेनाल्टी किकमा गएको खेलमा अर्जेन्टिना ४–२ ले विजयी भयो।

खेलका नायक भने अर्जेन्टिनी गोल किपर मार्टिनेज रहे। गोल्डेन ग्लोब बिजेता उनले फाइनलमा २ गोल रोकेर अर्जेन्टिनालाई च्याम्पियन बनाए। यसअघि क्वार्टर फाइनल र सेमिफाइनलमा पनि उनले दुई दुई पेनाल्टी विफल बनाएर अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए। 

प्रकाशित मिति: : 2022-12-18 23:23:00

प्रतिकृया दिनुहोस्