कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत फ्रान्स–माेरक्काेबीचकाे खेलमा माेरक्काेका युसेफ एन–नेसरीले अनाैठाे रेकर्ड कायम गरेका छन्।
बुधबार राति सम्पन्न फ्रान्स–माेरक्काेबीचकाे सेमिफाइनल प्रतिस्पर्धामा एन–नेसरीले विश्वकप फुटबलकाे इतिहासमा खेल अवधिभर सबैभन्दा कम बल छुने खेलाडीकाे रेकर्ड कायम गरेका छन।
Getty
२५ वर्षीय एन–नेसरी ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो। सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो। विश्वकपमा कुनै पनि खेलाडीले यस्ताे रेकर्ड बनाउँदैनन्, यसरी रचिएकाे रेकर्डलाई गलत मानिन्छ।
बुधबार राति सम्पन्न सेमिफानलमा माेरक्काे साविक विश्वकप विजेता फ्रान्ससँग पराजित भएकाे छ।
अब आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।