युवा संघका नेताहरूको बिजोग : महेश बस्नेतको निगाहमा नेता बनेका सबै पराजित

उकेरा

उपेन्द्र खड्का
ukeraa.com
ukeraa.com

युवा सङ्घको संस्थापक अध्यक्ष हुन् केपी शर्मा ओली। उनले सधैँ अखिललाई भन्दा युवा सङ्घलाई महत्त्व दिँदै आएका थिए। तर उनी पार्टीको प्रमुख रहेकै बेला सबैभन्दा बलियो मानिने युवा संघका नेताहरू सबैभन्दा कमजोर देखिए।

सङ्घबाट प्रतिनिधि सभा र प्रदेश सभामा १० जना वर्तमान र पूर्व नेताहरू उम्मेदवार बनेका थिए। तर एक जनाले पनि जित्न सकेनन्। बरु उता अखिलबाट महेश बर्तौला प्रत्यक्षबाट र अध्यक्ष रहेको सुनिता बराल समानुपातिकबाट सांसद बने।

ओली पार्टीको नेतृत्वमा आएपछि नपत्याएको सङ्गठनबाट २ जना सांसद बन्दा उनले सबैभन्दा बढी विश्वास गरेर कहिले साइबर सेना त कहिले युवा दस्ताभन्दै प्रोत्साहित गरेको सङ्गठन सबैभन्दा कमजोर देखियो।

प्रकाशित मिति: : 2022-12-12 07:32:00

प्रतिकृया दिनुहोस्