'रास्वपा'काे समानुपातिक सूचीमा को–को परे, निशा डाँगी ‘फिक्स’

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ पूर्वपत्रकार तथा युवा नेत्री निशा डाँगीसहित १३ जनाको नाम टुंगो लगाएको छ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको टुंगो लगाएको हो। समानुपातिकतर्फ १३ सिट प्राप्त गरेको रास्वपाले अग्रस्थानमा रहेकाहरूलाई समावेशिताको आधारमा छनोट गरेको बताइएकाे छ।

रास्वपा प्रवक्ता डा‍‍‍. मुकुल ढकालले पार्टीको निर्णय सार्वजनिक गर्दै बन्द सूचीको वरियताका आधारमा नाम सिफारिस गरिएको बताएका छन्।

पार्टीले टुंगो लगाएकाे नाम केहीबेरमा निर्वाचन आयोगलाई बुझाउने उनले जानकारी दिएका छन्।

यी हुन् रास्वपाका १३ जना समानुपातिक सांसद–

आदिवासी/जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खसआर्यतर्फ

१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

दलिततर्फ

१. सन्तोष परियार

२. शिव नेपाली

मुस्लिमतर्फ

१. असिम साह 

मधेसीतर्फ

१. लक्ष्मण तिवारी

२. मनिष झा

थारुतर्फ

१. अशोककुमार चौधरी

पिछडिएको वर्ग महिलातर्फ

१. विनीता कठायत

प्रकाशित मिति: : 2022-12-10 15:48:00

प्रतिकृया दिनुहोस्