पेनाल्टीमा चुक्दै विश्वकपबाट बाहिरियो स्पेन

पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ।

स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा समेत दुवै तर्फबाट गोल हुन नसकेपछि टाइब्रेकरमा मोरक्कोले स्पेनलाई पराजित गर्‍यो।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे। बदर बनोउनेले गोल गर्न सकेनन्।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन्। पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो। कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए।

प्रकाशित मिति: : 2022-12-06 23:25:00

प्रतिकृया दिनुहोस्