'मेरा उद्देश्यसँग मेल खाएका कारण माधव नेपालको पार्टीमा प्रवेश गरेँ' : दीपक मनाङे

मनाङको प्रदेश सभा ‘ख’ बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्ना उद्देश्य र विचार एकीकृत समाजवादीसँग मेल खाएकाेले पार्टी प्रवेश गरेकाे बताएका छन्।

साेमबार दिउँसाे एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले आफू स्वतन्त्र सांसदकाे हैसियतले भन्दा पनि दलकाे सांसदका हैसियतले अगाडि बढ्दा जनातकाे काम गर्न सहज हुने भएकाेले पार्टीमा जाने निर्णय गरेकाे र पार्टीहरुमध्ये समाजवादीसँग आफ्नाे उद्देश्य मिलेका कारण प्रवेश गरेकाे बताएका छन्।

‘मेरो पवित्र उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को रहेको र त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवी, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भएकाेले पार्ती प्रवेग गरेकाे हाे,’ मनाङेले भनेका छन्।

प्रकाशित मिति: : 2022-12-05 18:40:00

प्रतिकृया दिनुहोस्