बिएल संवाददाता
नयाँदिल्ली टेलिभिजन (एनडीटीभी) इन्डियाका सम्पादक रवीशकुमारले जिम्मेवारीबाट राजीनामा दिएपनि आम-सञ्चार र सामाजिक सञ्जालमा चर्चामै छन्। उनले भारतीय सञ्चार संसारमा समर्थकभन्दा धेरै आलोचक जन्माएका छन्। उनी जनपक्षीय पत्रकारिता गर्छन्।
पत्रकार रवीशकुमारप्रति भारतीय जनता तथा दक्षिण एसियाली दर्शक-श्रोताको बहुतै प्यार छ। उनी टेलिभिजनमा नदेखिएपनि एउटा फोटोमार्फत् अहिले सामाजिक सञ्जालमा छाइरहेका छन्। उनका सर्मथकहरूले उनको नाम ‘अटो रिक्सा’मा लेखेका छन्।
‘रवीशकुमार, एनडीटिभी इन्डिया र प्राइम टाइम’ लेखिएको फोटो नयाँ हो या पुरानो, त्यो थाहा छैन। तर आजभोलि भाइरल छ। दर्शक-श्रोताले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘प्राइम टाइम’को याद गरिरहेका छन्।
भारतीय सत्तासँग उनी कहिल्यै बिकेनन्। प्रधानमन्त्री नरेन्द्र मोदीलाई निरन्तर प्रश्न सोधिरहे। रवीशकुमारको शैलीमा ‘गोदी मिडिया’ भनेर चिनिने ‘भारतीय मोदीभक्त मिडिया’ उल्टै उनलाई पत्रकारिता सिकाउँथे।
सामाजिक सञ्जालमार्फत् रवीशकुमारलाई सत्तासीन भारतीय जनता पार्टीका नेता-कार्यकर्ताहरू ज्यान मार्ने सम्मको धम्की दिन्थे। तर उनी आजसम्म आफूले गरिरहेको लोक-पत्रकारिताबाट पछि हटेनन्। बरू उनी आम नागरिकमाझ निखारिएर भिजिरहे।
राज्यको नजरमा भारतविरोधी देखिएपनि जनताको साथ पाइरहे। सम्भवतः उनी छिट्टै मूलधारको मिडियामा देखिने छन्। विगतझैँ हिन्दू राष्ट्रवादी मोदीतन्त्रलाई प्रश्न सोधिरहने छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया