जब अरबाजलाई ‘सलमान खानको भाइ’ र ‘मलाइका अरोराको पति’ भन्थे

बलिउड अभिनेता अरबाज खानले आफुलाई  ‘सलमान खानको भाइ’ र ‘मलाइका अरोराको पति’  भन्दा रिस उठ्ने गरेकाे बताएका छन्। 

अरबाजले भारतीय मिडियाकाे एक अन्तर्वातामा उक्त कुराबारे बताएका छन्। अरबाज अहिले उक्त भनाइलाई लिएर निकै चर्चामा छन्। अरबाजले हाल एक अन्तर्वातामा आफ्नो र पूर्व पत्नी मलाइका अरोराको सम्बन्धको बारेमा कुरा गरेका छन्।

उनले भनेका छन् – जब मलाई  ‘सलमान खानको भाइ’ र ‘मलाइका अरोराको पति’  भन्थे मलाई रिस उठ्थाे। जसकाे बारेमा बलिउडमा निकै चर्चा समेत भएकाे थियाे। 

अरबाज खानले बलिउडका धेरै फिल्महरूमा काम गरिसकेका छन्। यस बाहेक अरबाजले बलिउड फिल्मको निर्माण र निर्देशन पनि गरेका छन्। तर यति धेरै मेहेनत गर्दा पनि उनी दाजु सलमान खानजस्तो ठूलो नाम बन्न सकेनन्।

जसका कारण उनलाई धेरै पटक सलमान खानको भाइ र मलाइका अरोराको पति भनेर सम्बोधन गरिएको थियो। अब  भने अरबाजले यस विषयमा आफ्नो धारणा राखेका छन्। टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा उनले भनेका छन्, ‘एक समय थियो, जब म निकै चिन्तित थिएँ। सलमान खानको भाइ, सलीम खानको छोरा र मलाइका अरोराको श्रीमान भनेर सम्बोधन गरिएको थियो।

त्यसपछि मलाई समस्या भएकाे थियो। त्यस समयमा  मलाइ रिस उठेकाे थियाे। जीवनमा यस्ता कुराहरू  पनि हुन्छन् जसलाई चाहेर पनि बदल्न नसक्ने रहेछ। तर आफूलाई मात्र नियन्त्रण गर्नुपर्छ, भन्ने सिकेर सम्हाले।'

प्रकाशित मिति: : 2022-12-02 17:22:00

प्रतिकृया दिनुहोस्