बिएल संवाददाता
ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीविरुद्ध सहज जित निकालेको छ ।
फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० को सहज जित निकाल्यो ।
ब्राजिलको जितमा दुई गोल म्याथियस कुन्हा र एक गोल भिनिसियस जुनियरले गरे । खेलको २३औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए।
त्यसपछि ३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै अग्रताको दुरी बढाए।दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन। खेलभरि नै बल ब्राजिलको नियन्त्रणमा रह्यो। हाइटीले पाएका केही अवसर सदुुुपयोग गर्न सकेन। ब्राजिलले गरेको अन्य दुई गोलले अफसाइडका कारण मान्यता पाएन।
जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ । ब्राजिलको २ खेलबाट ४ अंक हुँदा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जितविहीन हाइटी चौथो स्थानमा छ। अब ब्राजिलले स्कटल्यान्ड र माेरक्काेले हाइटीसँग खेल्न बाँकी छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया