बिएल संवाददाता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानको लागि तत्कालीन परराष्ट्रमन्त्री डा.आरजू राणा देउवालाई पत्र लेखेको छ।
अख्तियारले राणालाई ३ दिनभित्र उपस्थित भएर बयान दिन पत्र काटेको अख्तियार स्रोतले बतायो। यद्यपि हङकङमा रहेकी राणाले तत्काल उपस्थित हुन नसक्ने, नेपाल फर्किएपछि हाजिर हुने पत्र इमेलमार्फत पठाएको खुलेको छ।
राणालाई तत्कालीन विभागीय मन्त्रीको हैसियतमा उक्त प्रकरणमा संलग्नताबारे बयान दिन बोलाइएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियारका पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर कडा निर्देशन दिए लगत्तै आरजुका नाममा पूर्जी काटिएको अख्तियारका एक अधिकारीले बताए।
सीमित कम्पनीलाई लाभ मिल्ने गरी टेन्डर आह्वान गरेर अनियमितता गरेको अभियोगमा अख्तियारले राहदानी विभागका महानिर्देशक, निर्देशक, जर्मन कम्पनीका नेपाली एजेन्टसहित ४ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
केही व्यक्तिहरू फरार रहेको अख्तियारले बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया