राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान थालेको छ।
रविले खारेज भइसकेको नागरिकता प्रयोग गरेर चुनावमा भाग लिएको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो। गृहमा परेकाे उजुरी काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको हाे।
परिसरका अनुसार नागरिकता विवादका सम्बन्धमा अनुसन्धान सुरू भइसकेकाे छ।