सरकारमा जाने हाम्राे अपेक्षा छैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ का नवनिर्वाचित चित्रबहादुर केसीले आफ्नाे पार्टी अब बन्ने सरकारमा जाने/नजानेबारे कुनै निर्णय नभएकाे बताएका छन्।

केसीले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने,‘हाम्रो पार्टी सरकारमा जाने नजानेबारे पार्टीमा कुनै आधिकारिक निर्णय भएको छैन। सरकारमा गएर विभिन्न मन्त्री पद लिई व्यापार गर्ने हाम्रो अपेक्षा छैन।’

वर्तमान समयमा उदाएका नयाँ पार्टी र उनीहरुको जितलाई प्रजातान्त्रिक प्रणाली भएकाले निर्वाचनमा भाग लिएर चुनाव जित्नु मात्र ठुलो कुरा नभएको उनको भनाइ छ। अहिले निर्वाच जितेका नयाँ अनुहारलाई राम्रो काम गरे समर्थन र नराम्रो गरे विरोध गर्ने समेत उनले बताए।

‘देश प्रजातान्त्रिक प्रणालीमा चलेको छ, निर्वाचनमा सबैले भाग लिन पाउने व्यवस्था रहेकाले भाग लिएर चुनाव जित्नु मात्र ठुलो कुरा होइन। हामीले उनीहरुको जितलाई सकारात्मक रुपमा लिएको छौँ, अब ती नयाँ अनुहारले राम्रो गरे समर्थन र नराम्रो गरे विरोध हुनेछ,’ केसीले भने।

उनले अहिलेकाे निर्वाचन पूँजीवादी भएकाले पैसा हुनेले मात्र हामी हुने प्रवृति बढेका बताए। ‘अहिलेका चुनाव निकै महंगाे र पूँजीवादी भए, जोसँग पैसा छ, उसले मात्र चुनाव जित्ने देखियो। राजनीति, विचार, सिद्धान्त र नितिहेरेर मतदान गर्ने प्रवृत्ति हरायो, अब हाम्रो नेपालमा अहिलेको चुनावबाट मैले एउटा मुख्य अनुभव भनेको अब पैसा नहुनेहरुले चुनाव जित्न ग्राहो छ,’ उनले भने।

त्यस्तै जनमोर्चाले एक सिट मात्र जितेर अस्तित्व कायम गरेको भन्नेमाथि आक्रोश पोख्दै नेपालमा चुनाव नजिते पनि जनमोर्चाको उचाइ धेरै माथि रहेको उनले दाबी गरेका छन्।

‘चुनाव हार्दैमा वा जित्दैमा आफ्नाे अस्तित्व रहने वा गुम्ने भन्ने हुँदैन। के चुनाव जित्नु मात्र सबै कुरा हो, चुनाव नजिते पनि राष्ट्रिय जनमोर्चाको उचाइ नेपालमा धेरै माथि छ। अन्य राजनीतिक दलभन्दा हामो पार्टीको बेग्लै महत्व छ। जनतामा अझै पनि भ्रम गाजिएको छ, के ठिक के बेठिक छुत्याउन अझै धेरै समय लाग्छ,’ उनले भने।

प्रकाशित मिति: : 2022-11-28 14:27:00

प्रतिकृया दिनुहोस्