मोरङ ३ (१) मा लिम्बूको अग्रता

मोरङ क्षेत्र नं ३ (१) मा मानबहादुर लिम्बूको अग्रता कायमै रहेको छ। प्रदेशसभा सदस्यको कूल १२ हजार दुई सय ४९ मत गन्दा वाम–लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका मानबहादुर लिम्बूले चार हजार आठ सय १० मत प्राप्त गरे।

त्यस्तै नेकपा(एमाले)का दिलीपकुमार राईले चार हजार तीन सय आठ मत प्राप्त गरेका छन्। राप्रपाका तीर्थबहादुर गुरुङले एक हजार सात सय १० मत प्राप्त गरे।

प्रदेशतर्फ जम्मा ७५ हजार तीन सय ९३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ (१) मा ९७ हजार चार सय ६८ खसेको छ। मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिका–८, बेलबारी नगरपालिका–२ र कानेपोखरी गाउँपालिका–४ गरी १४ वटा वडा रहेका छन्। जम्मा तीन ठाउँ मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिए। 

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट पूर्व (स्वास्थ, पर्यटन र कानुन) मन्त्री भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा मुख्य प्रतिस्पर्धामा छन्। बीस जनाको उम्मेदवार रहेको प्रदेशसभामा भने (१) र (२) मा सत्ता गठबन्धनका मानबहादुर लिम्बू र दिलीपकुमार राईबीच (१) प्रदेशमा प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै (२) प्रदेशका लागि सत्ता गठबन्धका नेकपा(एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ र एमालेका ज्ञानेन्द्र सुवेदीबीच प्रतिस्पर्धा हुँदैछ। एमालेका उम्मेदवार सुवेदी बेलबारी नगरपालिकाका पूर्वनगरप्रमुख र राई पथरी शनिश्चरे नगरपालिका पूर्वनगरप्रमुख रहेका छन्।
 

प्रकाशित मिति: : 2022-11-22 15:07:00

प्रतिकृया दिनुहोस्