कतार विश्वकपः कतारमै अस्ताएको एउटा ‘सपना’

मृत्युको जवाफ खोज्दै परिवार

नेपाली मजदूरको रगतमा लतपतिएको 'कतार–विश्वकप'



काम खोज्दै कतार पुगेका ५१ वर्षीय रामुलु मारवेनीलाई दुई छोरी र एक छोराले मार्चमा अन्तिमपटक भिडियोमार्फत् देखे। एकाबिहानै स्कुल जानुअघि १६ र १८ वर्षीया छोरीलाई लुगा चाहिएको थियो। अनि १० वर्षीय छोराले चियाको कप मागे। जब दुई छोरी र एउटा छोरा साँझपख स्कुलबाट घर फर्के, त्योबेला आफ्ना प्रिय बुवाको मृत्यु भइसकेको थियो।

मारवेनीको मृत्यु भएको आठ महिना बितिसक्दा पनि उनको परिवारका सदस्यहरूले मृत्युको कारण आजसम्म पत्तो पाएका छैनन्।

मारवेनी विश्वकप आयोजनापूर्व दोहामा भइरहेको निर्माण कम्पनीमा ‘सडक-रंगशाला’ बनाउने काम गर्थे। एकदिन विश्वकपका लागि बन्दै गरेको रंगशालाको एउटा भित्तो भत्कियो। दर्जनौँ आप्रवासी मजदूर घाइते भए। उनी त्यही ठाउँमै बिते।

कतारी मृत्यु प्रमाणपत्रमा भनिएको छ, ‘प्राकृतिक कारणले हृदयाघात भई मारवेनीको मृत्यु भएको हो।’ तातो घाममा घन्टौं काम गर्दैआएका आफ्ना श्रीमानको रंगशालाभित्रै ज्यान गुमाएको उनकी श्रीमतीले बताइन्।

त्यसो त मृत्यु हुनुभन्दा दुई हप्ताअघि मारवेनी बेहोस भए। अनि होसमा आएपछि स्वास्थ्य चौकी पुगे। तर निम्न रक्तचापलाई दोष देखाउँदै कतारी अधिकारीहरूले मारवेनीलाई चाँडै काममा फर्काएको परिवारको गुनासो छ।

‘रंगशालाको काम कठिन हुँदापनि निरन्तर खटिनुभयो,’ श्रीमती लावण्य मारवेनीले भनिन्, ‘उहाँले हाम्रा छोराछोरीको भविष्यको लागि काम गरिरहनुभएको थियो।’ भारतीय नागरिक मारवेनीलाई १५ वर्षदेखि कतारमा काम लगाइरहेको निर्माण कम्पनीले परिवारलाई साढे तीन लाखको चेक पठाएको श्रीमतीले बताइन्।

स्रोतका अनुसार विश्वकप फुटबलको पूर्वतयारीका क्रममा कतारले हजारौँ आप्रवासी कामदारको ज्यान लिएको छ। फुटबलको अन्तर्राष्ट्रिय नियामक निकाय फिफाको ढिलासुस्ती र कतारमा आप्रवासी मजदूरको श्रम शोषण भइरहेको छ।

आप्रवासी कामदारहरूले कतारको जनसंख्याको ठूलो हिस्सा ओगटेका छन्। जसमा नेपाली, बङ्गलादेशी, पाकिस्तानी र भारतीय कामदारहरू छन्। उनीहरू कम ज्यालामा त्यहाँ कार्यरत छन्। उनीहरूले विश्वकप खेल्नु पूर्व रंगशाला, राजमार्ग र होटल बनाएका छन्।

दक्षिण भारतको शिवांगलापल्ली गाउँका मारवेनी सन् २००७ देखि कतारस्थित दोहामा रंगशाला र राजमार्ग बनाउँदै आएका थिए। ३६ वर्षीया लावण्यका अनुसार श्रीमानले १२ घण्टाको सिफ्टमा काम गर्थे।

परिवारको भरपर्दो सदस्य प्रवासमै गुम्दा दैनिकीमा अनेकौँ तनाव थपिएको छ। बोर्डिङ स्कुलमा पढिरहेका छोराछोरीहरू अहिले सरकारी स्कुल पढ्न बाध्य छन्। दुई कोठे माटोको घरलाई चार कोठे इँटाको घर बनाउँदा ठुलो ऋण लागेको छ।

श्रीमानबिना घर शून्य भएकाे र छोराछोरी पाल्न साहुबाट लिएको ऋण तिर्नै मुस्किल भएको लावण्यले बताइन्। ‘के तपाईं एकल आमाको जीवन कल्पना गर्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘श्रीमानबिना मेरो जीवन अर्थहीन बनेको छ।’



थाइल्यान्डमा पोखिइरहेको नेपाली प्यार

यात्राः जहाँ छन् बुद्धका आँखा

 

प्रकाशित मिति: : 2022-11-19 16:50:00

प्रतिकृया दिनुहोस्