एमालेबाट टिकट नपाएपछि सिटौलाको पक्षमा लागे दुर्गा प्रसाईं

नेकपा एमालेले राप्रपालाई सहयोग गरेको झापा क्षेत्र नं ३ मा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाको पक्षमा खुलेर लागेका छन्।

प्रसाईं सिटौलाको पक्षमा खुलेसँगै एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि समस्या पर्ने देखिएको छ।

प्रसाईंसँगै कचनकवलका शेर आलमले समेत सिटौलालाई चुनावमा सहयोग गर्ने बताएका छन्।

आलम सिटौलाको पक्षमा खुलेपछि राप्रपाको गढ मानिएको कचनकवलमा समेत राप्रपालाई धक्का लाग्ने गठबन्धनका कार्यकर्ताहरुले दावी गरेका छन्।

एमालेका तर्फबाट झापा क्षेत्र नं ३ मा उठ्ने इच्छा राखेका प्रसाईले लिङ्देनका कारण उठ्न नपाएपछि विरुद्धमा उत्रिएका हुन्। उनले उम्मेदवारी मनोनयनको समयदेखि नै लिङ्देनको तीब्र आलोचना गर्दै आएका छन्।

प्रकाशित मिति: : 2022-11-17 11:03:00

प्रतिकृया दिनुहोस्