तोसिमा कार्कीको उम्मेदवारी कायमै

File Photo
File Photo

ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ।

साेमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो।

उनको उम्मेदवारी खारेजीको माग गरी निर्वाचन आयोगले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो। 

यसअघि सर्वाेच्चले उनको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पनि आयोगले सर्वाेच्चमा निवेदन दिएको थियो। तर, सर्वाेच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो।

मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो। 

त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो। कार्कीको क्षेत्रमा  सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2022-11-14 14:42:00

प्रतिकृया दिनुहोस्