पत्रकार सरोजराज अधिकारी सुन्धाराको होटलमा मृत भेटिए

फाइल तस्विर
फाइल तस्विर

पत्रकार सराेजराज अधिकारी सुन्धारास्थित सिद्धार्थ हाेटेलमा मृत अवस्थामा भेटिएका छन् ।

यही कात्तिक २१ गतेदेखि सम्पर्कविहीन रहेका अधिकारी बुधबार सिदार्थ हाेटेलकाे एक काेठमा मृत भेटिएकाे काठमाडाैँ प्रहरी प्रमुख एसएसपी भरत बाेहराले बिएल नेपाली सेवालाई जानकारी दिए।

२१ गतेदेखि सम्पर्कविहीन रहेका उनकाे खाेजीकाे लागि श्रीमतीले आज मात्रै महानगरीय प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन्। निवेदन पश्चात प्रहरीले खाेजी गर्दा उनी मृत भेटिएका हुन्।

उनले आत्महत्या गरेकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान छ ।

पत्रकारितासँगै पुस्तक लेखनमा सक्रिय उनका चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक प्रकाशित छन्।

प्रकाशित मिति: : 2022-11-09 20:23:00

प्रतिकृया दिनुहोस्