न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

photo: Pakistan Cricket Team
photo: Pakistan Cricket Team

पाकिस्तान १३ वर्षपछि आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेकाे छ।

सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हाे।सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । 

पाकिस्तानका लागि मोहमद रिजवान र बाबर आजमले अर्धशतक बनाए। पाकिस्तानका लागि महमद हरिसले ३० रनको योगदान दिए।अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रूपमा आयोजना गरेको सन् १९९२ को एकदिवसीय विश्वकपकै लय दोहोर्‍याएर पाकिस्तान अष्ट्रेलियामै जारी विश्वकपको फाइनलमा पुगेको छ।

पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तानको तिब्र आलोचनासमेत भएको थियो।सेमिफाइनलमा न्यूजिल्याण्डमाथि सानदार जित निकाल्दै पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनल खेल्न लागेको हो।

प्रकाशित मिति: : 2022-11-09 17:08:00

प्रतिकृया दिनुहोस्