खुम्चिँदै लोकतन्त्र : परिवारवादको चंगुलमा ठूला नेता

बाह्रखरी

रमेश वाग्ले

 प्रतिनिधिसभा सदस्यका लागि सोलुखुम्बुबाट छनोटमा परेका हेमकुमार राईको टिकट असोज २२ गते खोसियो । सत्ता गठबन्धनभित्र भागबन्डा गरिँदा ०७४ मा जितेका निर्वाचन क्षेत्र जसले जितेको हो, सोही दलले पाउने समझदारी भएको थियो । त्यसानुसार नेकपा (माओवादी केन्द्र)ले राईलाई टिकट दिएको थियो । तर, माओवादीले नै उनको टिकट खोस्यो । नेपाली कांग्रेसका बलबहादुर केसीले त्यहाँबाट टिकट पाए ।

सोलुखुम्बुमा स्थानीय तह निर्वाचनमा सबैभन्दा अगाडि रहेको कांग्रेसले नै संघमा टिकट पाउनुपर्ने दबाब कांग्रेस नेतृत्वलाई थियो । त्यो दबाबभन्दा गठबन्धनलाई महत्त्व दिएका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई त्यो क्षेत्र छोडेका थिए । तर, अन्तिममा केसीले नै टिकट लगे ।

केसीले त्यसरी टिकट पाउनुको यथार्थ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नातावादसँग जोडिएको छ । 

प्रकाशित मिति: : 2022-11-09 16:37:00

प्रतिकृया दिनुहोस्